वीरगञ्ज,पर्सा प्रहरीले २ हजार ५ सय लिटर घरेलु मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा अवैध रुपमा सञ्चालनमा रहेको मदिरा भट्टीबाट २ हजार ५ सय लिटर घरेलु मदिराको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो ।
विभिन्न व्यक्तिहरुले अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापामारी गरी घरेलु मदिरा भट्टी नष्ट गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यलयबाट गएको प्रहरीको टोलीले घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो ।



















