रौतहट,भारतको दिल्लीबाट रौतहटका चार जना बालकको उद्धार गरिएको छ ।रौतहटको गरुडा नगरपालिकास्थित जयनगर गाउँका चार जना बालकलाई भारतको राजधानी दिल्लीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक अभियन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा बालकहरुलाई दिल्लीबाट उद्वार गर्नुभएको हो । शनिवार दुई बालकलाई नेपाल फिर्ता ल्याइएको छ भने बाँकी दुई बालकलाई सोमवार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।जयनगर नजिककैको गाँउमा बस्ने एक व्यक्तिले चारै जना बालकलाई काममा लगाउने प्रलोभन देखाएर एक महिनाअघि दिल्ली लगेका थिए ।दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरु १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन् । बालकलाई दिल्ली लैजाने व्यक्तिलाई बाल तस्करीको मुद्दामा प्रहरीले हिरासतमा राखेको छ ।


















