निजगढ,रक्तदान जीवन दान भन्ने मुल नारासहित निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलस्थित प्रणामी नगरमा श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा शनिवार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
श्रीकृष्ण प्राकट्य महोत्सवको अवसरमा मन्दिर जारी १ महिने श्रीकृष्ण वितक चर्चा एवंम श्रीकृष्ण कथा कार्यक्रमको पूर्वसन्ध्यामा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिति प्रणामी नगरले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
गत साउन १० गतेदेखि हुदैआएको श्रीकृष्ण वितक चर्चा एवंम श्रीकृष्ण कथा कार्यक्रममा प्रणामी समाजका प्रख्यात विद्वान शास्त्र घनश्याम अधिकारीले कथा वाचन गरिरहनुभएको छ । कथा वाचन कार्यक्रम भाद्र १० गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म जारी रहने र सोही अवसरमा भदौं ८ गते शनिवार रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको युवा परिषदका नवीन तिमल्सिनाले जानकारी दिनुभयो ।


















