निजगढ,बारा एमालेका युवा नेता तिलक घलान राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।युवा संघ नेपालका पूर्वकेन्द्रीय सदस्य समेत रहेका घलान हाल युवा संघको बारा जिल्ला ईन्चार्ज हुनुहुन्छ ।संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा साउन १ देखि २ गतेसम्म बसेकोे प्रथम पदाधिकारी बैठकले घलानललाई केन्द्रीय सदस्य मनोनित गरेको जनाइएको छ । नेकपा एमाले निजगढ नगर कमिटीका सचिवसमेत रहेका घलान निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरका बासिन्दा हुनुहुन्छ ।संघको केन्द्रीय सदस्यमा अब बारा जिल्लाबाट ४ जना केन्द्रीय सदस्य भएका छन् । नेपालगञ्जमा भएको महाधिवेशनबाट इराज कोईराला, दीपा केशी, भावना आर्चाय, राम यादब केन्द्रीय सदस्यमा चुनिनुभएको थियो ।

 

Leave a Reply