वीरगञ्ज,पर्सा प्रहरीले वीरगञ्जबाट एक करोेड ८२ लाख बढीको भन्सार छलीको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकस्थित सडकखण्डबाट प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।उहाँकाअनुसार ना.५ख २९१२ र ना.३ ख७७२७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ट्रकबाट अनुमानित एक करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ बराबरको काजु, ज्वालो र ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।
बरामद सामग्री आवश्यक अनुसन्धान र कारवाहीका लागि ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

Leave a Reply