सिमरा, सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा चितवन र काठमाडौं विजयी भएका छन् ।सिमरा रंगशालामा भएको पहिलो खेलमा चितवन भेट्रान क्लबले वीरगञ्ज युथ एकेडेमीलाई १–० ले पराजित गरेको हो । चितवनको जितमा मेघलाल तामाङले निर्णायक गोल गरे । तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए ।यसैगरी दोस्रो खेलमा चाबहिल भेट्रान काठमाडौंले दार्जलिङ भेट्रान क्लबलाई ३–० ले पराजित गरेको हो । चाबहिलको जितमा कृष्ण मल्लकारले दुई र शिशिरबहादुर हमालले एक गोल गरे । मल्लकार खेलको म्यान अफ दि म्याच घोषित भए ।प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो खेलमा नव जनजागृति युवा क्लब भेट्रान र फ्रिडम फाइटर भेट्रान काठमाडौं भिड्दैछन् भने दोस्रो खेलमा चाबहिल भेट्रान र चितवन भेट्रान भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here