सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्रभित्रको विकास निर्माण कार्यका लागि ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीलाई सम्झौता र सर्तअनुसारको प्राविधिक जनशक्ति खटाउन आग्रह गरेको छ ।उपमहानगरपालिकाकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले आइतवार सूचना जारी गर्दै ठेक्कामा कार्यालय र निर्माण कम्पनीबीच भएको सम्झौता र सर्तअनुसार प्राविधिक जनशक्ति खटाउन आग्रह गर्नुभएको हो ।निर्माण व्यवसायीले सम्झौता र सर्तमा उल्लेख गरे बमोजिम प्राविधिक जनशक्ति कार्यक्षेत्रमा नखटाउदा विकास निर्माण कार्य गुणस्तर नहुने उपमहानगरपालिकाको भनाई छ । ठेक्का सम्झौताका क्रममा बोलपत्रमा उल्लेख गरिएको खण्ड १५.१ र २१.१ वमोजिम काम गर्न उपमहानगरपालिकाले निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराएको हो ।प्राविधिक जनशक्ति नराखी काम गरेको पाइएमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ वमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

Leave a Reply