वीरगञ्ज । वीरगञ्ज महानगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बिहानी कक्षा सञ्चालन गर्न वीरगञ्ज महानगरपालिकाले निर्देशन दिएको छ ।मङ्गलवार एउटा सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पर्ने शैक्षिक प्रशासन महाशाखाले गर्मी बढ्दै गएपछि विद्यालयहरूलाई बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

गर्मीसँगै तातो हावा (लू) समेत चलेको कारण दिउँसोको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिहानी कक्षा सञ्चालन गर्न आग्रह गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताउनुभयो ।नगर शिक्षा समितिको सोमबारको निर्णय अनुसार बिहीबारदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन कर्णले आग्रह गर्नुभएको छ ।
गर्मी बढ्दै गएपछि अघिल्ला वर्षहरू पनि महानगरले बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिँदै आएको छ ।

Leave a Reply