डुमरवाना,
बिदुर खडका,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको जनकल्याण मंञ्चको शनिवार भएको साधारण सभाले मिनप्रसाद आपागाईलाई सर्वसंम्मत रुपमा पुनः अध्यक्षमा चयन गरेको छ । मंञ्चको ३०औं बार्षिक उत्सव कार्यक्रमबाट आपागाई अध्यक्षमा चुनिनुभएको हो ।बारा जिल्लाको एक मात्र महिला वडा अध्यक्षमा निर्वाचित हुनुभएकी चयन गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको मंञ्चको बार्षिकोत्सवमा स्थानीय राजु अधिकारी, रामप्रसाद लामिछाने, धर्मानन्द उपाध्यय, यमनाथ ढकाल, भिम केसीलगायतले कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए । मंञ्चका अध्यक्ष आपागाईको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन यज्ञ तिवारीले गर्नुभएको थियो ।मंञ्चमा आवद्ध मलिाहरुले बिभिन्न सामाजिक काम गर्दै आएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।



















