कलैया,बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले तस्करी तथा हिंसा विरुद्ध शुन्य सहनशिलताको प्रयासमा प्रहरीलाई सघाउन बाराबासीसँग आग्रह गर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालयमा सोमवार आयोजित जिल्लाका क्रियाशिल सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरुसँग सुझाव लिने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

बारामा आएदेखि नै सरोकारवालाहरुसँग भेटघाट तीव्र बनाउनुभएका प्रउ खड्काले दोषिको रुपमा प्रहरी नै भएपनि कारबाहीको दायरामा ल्याउने बताउनुभयो । कहिंकतै गलत भएको पाइए जानकारी गराउन उहाँले सबैसँग आग्रह पनि गर्नुभएको छ ।

उहाँले सुझाव वा गुनासो सहजरुपमा आफुसम्म आइपुगोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय परिसरमा गुनासो पेटिकाको व्यवस्थापन गर्ने जानकारी गराउनुभयो । आम नागरिक बिना बर्दीको प्रहरी भएकोले नियम मिच्ने जो कोहिलाई कारबाहीको दायरामा ल्याउन बर्दीधारी प्रहरीलाई सहयोग गर्न प्रउ खड्काले अनुरोध गर्नुभयो । उहाँले जानाजानी हेलमेट नलगाएको, लाइसेन्स ब्लुबुक साथमा नराखेको जस्ता गल्ती ढाकछोपको सिफारिस नगरिदिन पनि आग्रह गर्नुभयो । यसले गलतलाई पश्रय दिने तथा पहुँचको दुरुपयोग हुने भएकोले यस्ता किसिमका सिफारिसलाई नमान्ने बताउनुभयो ।

Leave a Reply