काठमाण्डौं,अर्बपति एलन मस्कको न्यूरालिङ्कले जस्तै सिन्क्रोन इङ्कले पनि मानिसको मस्तिष्कमा ‘चिप’ राख्ने तयारी गरेको छ । सिन्क्रोन इङ्कले मानव मष्तिष्कमा राख्ने उपकरणका लागि व्यावसायिक स्वीकृति लिन आवश्यक पर्ने ठूलो मात्रामा क्लिनिकल परीक्षणका लागि बिरामी भर्ती गर्ने तयारी गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सिन्क्रोनले परीक्षणमा सामेल हुन इच्छुक बिरामीका लागि अनलाइन दर्ता शुरु गर्ने योजना बनाएको छ । कम्पनीले क्लिनिकल परीक्षणका लागि धेरै चासो प्राप्त गरेको सीईओ थोमस ओक्सले बताउनुभएको छ । दिमागी कमजोरी भएका बिरामीमा ’चिप्स’ राखेर सक्षम बनाउनले लक्ष्य रहेको ओक्सको भनाइ छ ।

दुवै कम्पनीले शुरुमा पक्षाघात भएका बिरामीको मष्तिष्कमा चिप राखेर कम्प्युटरमा टाइप गर्न मद्दत गर्ने लक्ष्य राखेका छन् । न्यूरालिङ्कले परीक्षणसमेत गरिसकेको छ तर परीक्षणबारे धेरै प्रश्नको उत्तर दिन न्यूरालिङ्क असक्षम रहेको खबरमा उल्लेख छ । सिन्क्रोनले पनि सन् २०२१ को जुलाईमा प्रारम्भिक परीक्षणका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि छ जना बिरामीमा प्रारम्भिक उपकरण प्रत्यारोपण गरेको जनाएको छ ।

अस्ट्रेलियामा चार जना बिरामीमा अघिल्लो परीक्षणमा कुनै गम्भीर प्रतिकूल ’साइड इफेक्ट’ नदेखिएको कम्पनीले जनाएको छ । कम्पनीले न्यूरो डिजेनेरेटिभ रोग एएलएस, स्ट्रोक र मल्टिपल स्क्लेरोसिसका कारण पक्षाघात भएका बिरामीलाई समावेश गर्ने लक्ष्य राखेको छ । सिन्क्रोनका लगानीकर्तामा जेफ बेजोस र बिल गेट्सलगायत अर्बपति रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here