कलैया,बारा प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन बस्ने अन्दाजी वर्ष ४५ को अशोककुमार जैशवाल रहेका छन ।.जिल्ला अदालत बाराबाट जुवा खेलेको अभियोगमा.२ सय रुपैया जरिवाना तोकिएका जैशवाललाई खोजतलासको क्रममा प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले बुधवार लुकिछिपि बसेको अवस्थामा घरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply