कलैया,अवैध रुपले लगाइएको अफिम खेती बारा प्रहरीले फाडेर नष्ट गरेको छ । प्रहरीले चलाएको लागुऔषध फडानी अभियान अन्तर्गत अफिम खेती फाडेर नष्ट गरेको जनाएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराबाट खटिएको प्रहरी टोलीले उक्त अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाउनुभयो । प्रहरीले आर्दशकोतवाल गाउँपालिका वडा नम्बर ७ स्थित लौकाहामा अफिम खेती नष्ट पारेको उहाँले जानकारी दिनुभयो ।उक्त स्थानमा अवैध रुपले लगाइएको १ कठ्ठा खेतको अफिम खेती फाडेर नष्ट गरेको प्रहरीको भनाई छ ।
















