राजनकुमार बानिया,
पोखरिया, २३ भदाैँ– सशस्त्र प्रहरी वल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले सोमबार पर्साको सिमावर्ति छिपहरमाई गाउँपालिका वार्ड नम्बर– ४ बर्वा गाउँनजिकबाट गाईको मासुुसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक संजिव बानिया नेतृत्वको टोलीले १० किलो गाईको मासुसहितको बिआर २२ एफ ४७२१ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
जगरनाथपुर गाउँबाट मोटरसाइकलमा लुकाएर लैजादै गरेको अवस्थामा चेकजाँच क्रममा गाईको मासुसहित मोटरसाईकल बरामद गरेको प्रहरी निरीक्षक बानियाले बताउनुभयो ।
प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल छोडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद मोटरसाइकल र गाईको मासु जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बताइएको छ ।