नरेश गुप्ता
बरियारपुर – बाराको सिमानाकामा अवस्थित सिमरौनगढ प्रहरीको उदासिनताको कारण पक्राउ परेको अपराधी पनि सजिलै उन्मुक्ति पाएपछि त्यसतर्फ अपराधी क्रियाकलाप बढ्दै गएको छ । सिमरौनगढ नगरपालिका १ खजानी स्थित रहेको प्रहरी चौकिको इन्चार्ज राजु शाहको उदासिनताको कारण हात परेको अपराधी सजिलै संग प्रहरी घेरा बाट उन्मुक्ति पाएपछि प्रहरीको काम कर्तव्य प्रती आमनागरिकको शंका उब्बजेको छ ।
घटना सिमर्सुनगढ स्थित सिमानाका न्नसंगरा घाटमा प्रहरी ईन्चार्ज साहको टोलिले स्थानीय सोनालाल मुखियाको चलाएको चोरिको गाडी समातेपछी अनुसन्धानको क्रममै मुखियालाई साहले छाडेपछि प्रहरीको काम कर्तव्य प्रती प्रश्न चिन्ह खडा भएको छ । प्रहरी ईन्चार्ज राजु साहको टोलिले दुई दिन अगाडि बि आर 06BK2818 नम्बरको ग्लैमर मोटरसाइकल समातेपछी साहले निज मुखिया संग सोधपुछ गर्दा मेरो भतिजोले गाडी दिएको बताए पछि उनलाई ननसगरा घाट बाटै आफ्नो भतिजोलाई बोलाएर ल्याउनु भने पछि मुखिया अहिले फरार भएका छन ।
पक्राउ गरिएको भारतिय नम्बरको मोटरसाइकललाई ईन्चार्ज साहले ईलाका प्रहरी कार्यलय सिमरौनगढमा बुझाएको छ । यता बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले घटना बारे जानकारी गराउदा तुरुन्त सोनालाल मुखियालाई पक्राउ गर्न आदेध दिएको भएपनी मुखिया फरार भएको कारण पक्राउ हुन सकेको छैन ।