निजगढ,बारा जिल्लाको निजगढमा आफ्नै छोराले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै आमाले प्रहरीमा उजुरी दिएकी छन् ।निजगढ नगरपालिका वडा नम्बर १ की ५६ वर्षीय महिलाले आफूमाथि आफ्नै छोराले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै प्रहरीले उजुरी दिएकी हुन् ।पीडित भनिएकी महिलाले आफ्नो ३६ वर्षीय छोराविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएकी हुन ।पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडित भनिएकी महिलाले आफूमाथि छोराले असोज २६ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै उजुरी गरेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।पीडितको असोज २७ गते प्रादेशिक अस्पताल कलैया स्वास्थ्य परीक्षण भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । घटना पश्चात् आरोपित फरार भएकोले खोजतलास भइरहेका उहाँले बताउनुभयो ।