कलैया,बारामा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेको सोमवार जिल्ला प्रहरी कार्यालय कलैयामा स्वागतसहित सम्मान गरिएको छ ।कार्यालयका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुले उपरीक्षक काफ्लेको स्वागतसहित सम्मान गरेका हुन । प्रहरी हेडक्वाटरले काफ्लेलाई नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महराजगंज काठमाण्डौबाट गत भदौं २४ गते जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा सरुवा गरेको थियो ।यसअघिका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको सरुवा भएपछि काफ्ले बारामा आउनुभएको हो ।

Leave a Reply