निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयको ५७ औं जन्मजयन्ति तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेबी लामिछाने, वडा नम्बर ५ का वडा अध्यक्ष थलप्रसाद गौतम, वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवर, वडा नम्बर ६ का वडा अध्यक्ष कुशबहादुर थापा, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष एंव निजगढ ८ स्थित गौरीशंकर माविका पूर्वप्रधानाध्याापक सुर्दाशनप्रसाद कोइरालालगायतले विद्यालयको प्रगतिकोलागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले विद्यालयको शैक्षिक तथा भैतिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रधानाध्यापक हस्तबहादुर लामाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक भोलाप्रसाद चौलागाई र बालकुमारी सिंजालीले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य तथा प्रहसनसमेत प्रस्तुत गरेका थिए ।