हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले यहाँका किसानका लागि कृषि र पशुपालन क्षेत्रमा विभीन खालका सहयोग गरेको छ । चालु आर्थिक वर्षमा गरिने कार्यक्रम अन्तरगत किसानका लागि सहयोग गरिएको हो । साना किसानको तरकारी अन्न खेतिसंगै पहुपालनमा पनि सहयोग गर्ने उदेश्यले विभीन्न खालका कार्यक्रम गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । कृषि उपज उत्पादनलाई मुल्य श्रृंखला विकासमा जोड दिनका लागि फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनासंग सम्झौता भई २ स्थानमा कार्यक्रम संचालन गरिएको छ ।
कृषि उत्पादन प्रवद्र्धन अन्तर्गत बिज वृद्धि कार्यका लागि बीउ आलु उत्पादन कार्यक्रम, अनुदानमा तरकारी तथा खाद्यान्नको बीउ तथा मिनी किट वितरण कार्यक्रम संचालन गरिएको छ । कृषि इन्जिनियरिङ्ग अन्तर्गत पावर टिलर, हाते ट्याक्टर, धान काट्ने मेशिन, घांस काट्ने मेशिन वितरणको कार्यक्रम रहेको मेयर महतले वताउनुभयो । साना सिंचाई, पोलिहाउस निर्माण जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ । पशु सेवा अन्तर्गत नगरका चार वटा पशु सेवा केन्द्रहरु मार्फत पशु स्वास्थ्य सेवा प्रदान गरिंदै आइरहेको मेयर महतले वताउनुभयो । निःशुल्क पशु कृत्रिम गर्भाधान सेवा, पशु बिमामा ५ प्रतिशत अनुदान कार्यक्रम संचालन गरिएको छ मेयर महतले वताउनुभयो ।.
नगर क्षेत्र भित्रका कृषि भुमिको माटोको गुणस्तर परीक्षण तथा बाली विविधताका सन्दर्भमा विभिन्न ६ वटा स्थानहरुमा माटो परीक्षण शिविर सम्पन्न समेत गरिएको छ । आवश्यक स्थानहरुमा कृषि चुन वितरण कार्य संचालन गरिएको छ । नगरको कृषि क्षेत्रको तथ्यांक संकलन र आगामी वर्षको कृषि रणनीति तयारका लागि नगर कृषि प्रोफाइल तयारीका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको र स्थलगत तथ्यांक संकलनको कार्य सुभारम्भ भइसकेको छ उपमहानगरपालिकाले जनाएको छ ।
यसैगरी नगर स्तरीय वृहत् कृषि मेला प्रदर्शनी र उत्कृष्ट कृषक (कृषि. पशु) २ जना छनौट गरि नगद एक लाखका दरले पुरष्कृत गरिएको छ । युएनडीपी संगको सहकार्यमा नगरका विभिन्न वडाहरुमा ८५ वटा जैविक तरकारी टनेल हाउस निर्माण कार्य संचालन भइरहेको छ उहाँले वताउनुभयो । पशु सेवा तर्फको गोठ सुधार, भर्मी कम्पोष्ट, खोर सुधार, मिल्किङ्ग मेशिन वितरण, हिउंदे घांसको बिउ वितरण कार्यलाई निरन्तरता दिइएको छ । कृषि वस्तु उत्पादनको बजारीकरण तथा उपभोक्तालाई सुपथ मुल्यमा कृषि उपज उपलब्ध गराउन यसै बर्ष भित्र आध’निक कृषि थोक बजारकेन्द्र स्थापनाका लागि प्रदेश मन्त्रालय मार्फत लागत अनुमान तयार भई टेण्डर आव्हानको चरणमा रहेको छ मेयर महतले वताउनुभयो ।