काठमाण्डौ – उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ ।सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए ।दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने बताएको छ ।यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन–११ तारिख भित्र भू–उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो ।अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू–उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।उत्तर कोरियाली नेता किम जङ उनले सैनिक भू–उपग्रहको विकासलाई देशको प्रतिरक्षामा महत्त्वपूर्ण योगदान दिनसक्ने पूर्वाधारका रुपमा लिनुभएको छ ।
फोटो पनि छ ।