निजगढ,बुद्ध जयन्तीको अवसरमा निजगढको गौरीशंकर फाउण्डेशन ब्याच २०५७ ले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।निजगढ ९ स्थित सहिद चोकमा भएको सो रक्तदान कार्यक्रममा ६ जना महिलासहित ३४ जनाले रगत दान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगन्जका रामविनय यादवको टोलीले प्रविधिक सहयोग उपलब्ध गराएको थियो । फाउण्डेशन ब्याच २०५७ निजगढमा हरेक वर्ष बुद्ध जयन्तिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । फाउण्डेशनले हिजो चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष खडगराज मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply