निजगढ,निजगढ ५ स्थित जनजागृति सुन्दर सामुदायिक वन उपभोक्त समुहको नयाँ कार्यसमिति चयन भएको छ ।समुहको शनिवार भएको भेलाले जयप्रसाद ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यषमा शर्मिला विक, सचिव इश्वरी खडका, कोषाध्यक्ष नारायण लामिछाने, सहसचिव सुष्मिता बस्नेत र सदस्यहरुमा घनश्याम तिमल्सिना, चक्रप्रसाद चौलागाई, सीताराम अर्याल, पूर्णबहादुर चौलागाई, तिलकुमारी गेलाल, ताराकुमारी त्रिपाठी, संगिता थापा मगर, इन्दिराकुमारी पौडेल, पूर्णकुमारी थापा मगर, टिका अधिकारी, रोमकुमारी राना, राधिका गौतम रहनुभएको छ ।त्यसैगरी भेलाले मेघराज तिमल्सिनाको संयोजकत्वमा शेषप्रसाद गौतम र तुलसी राज कडेल सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।यसअघि गत माघ २१ गते भएको साधारण सभाले स्थानीय राजनीतिक दलको सहमतिमा नयाँ कार्यसमिति गठन गर्न नसकेपछि शनिवारको लागि बोलाइएको आमउपभोक्ताहरुको भेलाबाट सहमतिको आधारमा नयाँकार्यसमिति चयन भएको वन समुहका पूर्वअध्यक्ष एंव निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष एवंम निर्वाचन मण्डलका संयोजक रामजी बजगाईले पद तथा गोपनीयताको सपथ दिलाउनुभएको थियो ।

Leave a Reply