वीरगन्ज,आन्तरिक राजश्व कार्यालय वीरगन्जले औषधी बोकेको ट्रकमा अवैध घरेलु रक्सी बोक्ने ट्रक चालकलाई जरिवाना गरेको छ ।कार्यालयले ट्रक चालक वीरगन्ज–३० बस्ने सदाम हुसेनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । अवैध रक्सीको ३९ हजार विगो र रक्सी ओसार्न प्रयोग भएको ट्रकको २५ हजार जरिवाना लिएको छ ।प्रहरीले विरगन्ज–२ श्रीराम हल पछाडिको खाली चौरबाट बिहीबार बिहान अवैध घरेलु रक्सी सहितको कन्टेनर नियन्त्रणमा लिएको थियो । ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरमा त्रिभुवन विमानस्थलबाट पैठारी प्रज्ञापनपत्र अनुसारका १ करोड १४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ बराबरको औषधि लोड थियो ।३९ वटा पोकामा प्रतिपोका १० लिटरका दरले ट्रकमा ३ सय ९० लिटर अवैध घरेलु रक्सी समेत राखिएको थियो ।प्रहरीले अवैध घरेलु रक्सी कन्टेनरमा राखेर ल्याउने ट्रक चालक सदामलाई पनि पक्राउ गरेर आन्तरिक राजश्व कार्यालय वीरगन्जमा बुझाएको थियो । बरामद गरिएको औषधि सहितको ट्रक र रक्सीको मूल्य १ करोड ३४ लाख ४९ हजार ७ सय २५ रुपैयाँ गरिएको थियो । प्रमुख कर अधिकृत कपिल सुवेदीले मदिरा नष्ट गरेर चालकलाई जरिवाना गरेको जानकारी दिनुभयो ।

Leave a Reply