कलैया,जिल्ला प्रशासन कार्यालय बाराले आइतवार (भदौ २९) बिहान ६ बजेदेखि जारी निषेधाज्ञा र निषेधित क्षेत्र हटाएको छ ।निषेधाज्ञा हटेसँगै जिल्लामा बन्द अवस्थामा रहेका छोटो तथा लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् भने बजार, व्यवसाय तथा अन्य सेवाहरू पनि पूर्ण रूपमा खुलेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार जिल्लाको अवस्था सामान्य बन्दै गएको र सबै प्रकारका गतिविधिहरू सुचारु भएका छन् ।यसैगरी स्थानीय तह, सरकारी कार्यालयहरू र शैक्षिक संस्था समेत आइतवारदेखि सञ्चालनमा आएका छन् ।

Leave a Reply