बीरगंज

तेरापन्थ युवक परिषद द्वारा बिश्वब्यापी आयोजित एतिहासिक महा रक्तदान कार्यक्रम बिरगंज को ५ ठाउमा नया रेकर्ड राख्दै भब्य एवं सभ्य रुपले सम्पन्न भएको छ । तेरापन्थ युवक परिषद बीरगंज द्वारा बीरगंज महानगर को ५ स्थानहरुमा आयोजित रक्तदान शिविरमा बीरगंजको सर्वाधिक रक्त संकलन गर्ने नया रेकर्ड राखेको छ ।

बिरगंज को तेरापन्थ जैन भवन मा भएको रक्तदान कार्यक्रममा १३ महिला सहित १४२, घडियर्वा पोखरिमा ५ महिला सहित ५० जना, रहबर केयरमा ३ महिला सहित ६० जना,बेल्वामा ३७ जना र त्रीवेणी स्पिनि· मिल मा २९ महिला गरि १३४ जना गरि जम्मा ४२३ जना रक्तदाताहरुले रक्तदान गरि बीरगंज मा सर्वाधिक रक्त संकलन को रेकर्ड राखेका छन । देश भरिको ९ र विश्व को ५० भन्दा बढी देशको १ हजार भन्दा बढी शहरहरुमा २ हजार भन्दा बढी रक्तदान शिविर को एकै दिन आयोजना गरिएको छ ।

बीरगंजको जैन भवनमा आयोजित रक्तदान कार्यक्रम को अध्यक्षता तेरापन्थ युवक परिषद बीरगंजका अध्यक्ष धिरज बोरडको अध्यक्षता एवं बीरगंजका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्य, भारतीय दुतावास का महावाणिज्य दूत को विशिष्ट आतिथ्य, बीरगंज महानगरपालिकाका सदभावना दुत अशोक कुमार बैधको आतिथ्य र नेपाल पत्रकार महासंघ का उपाध्यक्ष युवराज खडका साथै परिषद का पदाधिकारी सदस्यहरुको सहभागितामा सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रम मा रक्तदाता हरु लाई प्रमुख अतिथी, विशिष्ट अतिथिहरुले प्रमाणपत्र दियेर सम्मान गरेका छन ।

नेपाल रेडक्रस सोसाइटी बिरगंज रक्तसञ्चार केन्द्र बिरगंज का प्राविधिक अधिकृत सौरभ राज पाण्डे को नेतृत्व को समुहले रक्तदाता हरुलाइ रक्तदान गर्न सघायएको सो कार्यक्रम मा स्वागत मन्तव्य परिषद का केन्द्रिय सदस्य सुमित सेठिया ले गर्नु भएको थियो ,धन्यवाद ज्ञापन सचिव नरेश भंसाली ले गर्नु भएको थियो भने सहजीकरण तेयुप सदस्य पंकज बोथरा ले गर्नु भएको थियो ।

Leave a Reply