सिम्रौनढ,प्रहरीले बाराको सिम्रौनगढबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको अधारमा शुक्रवार राति १० बजे ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले २०१ किलो गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०१– ०२९ च ६७५२ नम्बरको टाटा कम्पनीको योद्धा पिकअपमा गाँजा ढुवानी हुदैछ भन्ने प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा रहेको प्रहरीको टोलीले सिम्रौनगढ– ५ ठूलो ईटवालबाट टोलबाट गाँजा सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाडीको चालक धादिङको निलकण्ठ नगरपालिका– ८ निवासी २२ को सुजन अधिकारी र चालकका सहयोगी धादिङकै ज्वालामुखी नगरपालिका– १ निवासी वर्ष–२३ को रमेश नेपालीलाई नियन्त्रणमा लिएको हो ।उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्थानीय मनोजकुमार साहको घरमा गाडीबाट गाँजा झारेको बयान दिएपछि मनोजकुमारको घरमा खान तलासी गर्दा १६ पोकामा रहेको २०१ किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।पिकअप गाँजा सहित नियन्त्रणमा लिईएका दुवैजनालाई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

Leave a Reply