वीरगन्ज,१३ भदौं । पर्साको बिन्दबासिनी गाउपालिकाले विकास निमार्णको काममा तिब्रता लिएको छ । बिन्दबासिनी गाउपालिकाको वडा नं ४ मा पर्ने ईटियाहिको बाटो खराब हुदै गएपछि पालिकाले सो बाटोका ग्रेबल गर्न लागेको छ ।

ईटियाहि चौक स्तिथ रहेको शसस्त्र प्रहरी बलको कार्यलय देखि धु्रव सोनारको घर सम्म पालिकाले छुटयाएको पाच लाखको लागतमा बाटोमा माटो पुरी ग्रेबल गरिएको ठेक्का लिएको आकृती कन्सट्रक्सनका संचालक सुरेन्द्र प्रसाद यादवले बताए । सो सडक मर्मत नहुँदा शसस्त्र प्रहरी लगाएत स्थानीय बासीलाई समेत सास्ती भएको थियो ।

गत बर्ष पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो सुने पछि गाउपालिका प्रमूख प्रमोद तिवारीले यस पालि र्ममत गर्न लगाए पछि स्थानीयवासीले खुसी ब्यतm गरेका थिए । सामान्य वर्षा हुँदासमेत हिलाम्य हुने उक्त सडक बनाउने तर्फ चासो दिएको भन्दै स्थानीयवासीले गाउपालिका प्रमूख तिवारीको खुलेर प्रसंसा गरेका थिए । जीर्ण बनेर हिँड्न नमिल्ने बाटोलाई ध्यान दिई र्ममत गर्नु ठीक भएको स्थानीयवासीले बताएका छन ।

रोकिएको विकास निर्माणका काम तिवारीको कार्यकालमा तीव्र गतिमा हुन थाले पछि उनी एकाएक जनता माझ लोकप्रिय बनेका हुन् । उनको कार्यकुशलताको गाउँवासीले प्रसंशा गर्न थालेका छन । आम जनता माझ लोकप्रिय बन्नुको पछाडि आफ्नो मेहनत, लगन र जनताप्रतिको समर्पण भाव रहेको अध्यक्ष तिवारीले बताए ।

थोरै समयमा धेरै काम गर्नु छ त्यसैले विकास निर्माणका कामहरु भाषणमा मात्र गरेर देखाउनुको साटो काम गरेर देखाउन अहिले आफु लागि परेको उनले बताए । निस्वार्थ भावनाले जनताको सेवामा लागेपछि सबैखाले वाधा ,अवरोधहरु आफै हटेर जाने र विकासका वाधक तथा विरोधीहरु पनि परास्त हुने अटुट विश्वासका साथ लागि परेकोले सफलताको सिढी चढिरहेको गाउपालिका अध्यक्ष तिवारीले बताए ।

जनताहरुको साथ र सहयोगले नै गर्दा आफु सफल भएको उनले भने । जनप्रतिनिधि तथा स्थानीय जनताहरुले यसैगरी आफुलाई साथ दिइरहे निकट भविष्य मै गाउँपालिकालाई समृद्ध, सुखि तथा नमुना गाउँपालिकाको रुपमा विकास गरि स्मार्ट सिटी बनाउने लक्ष्य रहेको गापा अध्यक्ष यादवले भने ।

Leave a Reply