काठमाडौँ । गत हप्ता एक महिलाले आफ्नो एक साथीलाई ‘बिरामीका कारण इच्छामृत्यु’का लागि स्विट्जरल्याण्ड जानबाट रोक्न दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन् । बिहीबार ती महिलाले आफ्नो निवेदन फिर्ता लिएकी छन् । उनका वकिलले निवेदकका साथीलाई यो कुरा सुनेर निकै ‘दुःख’ लागेको भन्दै निवेदकलाई अन्योलमामा परेको भन्दै उनले आफ्नो निवेदन फिर्ता लिन चाहेको बताए । किन मानिसहरू इच्छामृत्यु जस्तो कठोर निर्णय लिन स्विट्जरल्याण्ड जान्छन् ? स्विट्जरल्याण्डमा इच्छामृत्यु सम्बन्धी कानूनहरू के छन् र यहाँ मानिसहरूलाई कसरी ‘मृत्युको निद्रामा’ दिइन्छ भन्ने बारे जान्नुहोस् ।

सबैभन्दा पहिले थाहा पाउनुहोस् इच्छामृत्यु भनेको के हो ? जब एक व्यक्तिले स्वेच्छाले मृत्यु स्वीकार गर्दछ, यसलाई इच्छा मृत्यु भनिन्छ । यो आत्महत्या भन्दा फरक छ, किनभने यसमा व्यक्तिले चिकित्सकको सहयोगमा कुनै न कुनै चिकित्सा विधिद्वारा आफ्नो जीवन समाप्त गर्छ । सामान्यतया, इच्छामृत्यु अपनाउने मानिसहरू या त भयानक पीडाबाट पीडित हुन्छन् वा कुनै निको नहुने रोगको चपेटामा परेका हुन्छन् । स्विट्जरल्याण्ड सहित केही देशहरूमा इच्छामृत्यु कानुनी छ ।

स्विट्जरल्याण्डमा सन् १९४२ देखि इच्छामृत्युलाई कानुनी मान्यता दिइएको छ । सन् २०२० मा विभिन्न संघसंस्थाको सहयोगमा करिब १३०० जनाले इच्छामृत्यु स्वीकार गरेका थिए । गत वर्ष डिसेम्बरमा स्विट्जरल्याण्ड सरकारले इच्छामृत्युका लागि एउटा मेसिनलाई कानुनी स्वीकृति दिएको थियो जसको नाम ‘सुसाइड पोड’ राखिएको थियो । यो मेसिन ‘डक्टर डेथ’ भनेर चिनिने एनजीओ एग्जिट इन्टरनेशनलका निर्देशक डा फिलिप निश्केको सहयोगमा निर्माण गरिएको हो । यो मेसिनको पनि चौतर्फी आलोचना भएको थियो ।

आलोचकहरूले यस मेसिनले आत्महत्या दर बढाउने छ भने यसका निर्माणकर्ताहरुले मानिसहरूलाई असहनीय पीडाबाट मुक्त गर्ने दाबि गरेका छन् । यो मेसिनको आकार कफिन जस्तो छ जसलाई भित्र बसेर पनि चलाउन सकिन्छ । समाचारका अनुसार यो मेसिनले मात्र १ मिनेटमा मानिसलाई बिना दुखाइ शान्तिसँग मार्न सक्छ । यसमा अक्सिजनको स्तर निकै कम हुन्छ, जसका कारण हाइपोक्सिया र हाइपोक्याप्नियाका कारण मानिसको मृत्यु हुन्छ ।

यद्यपि यो मेसिन सबैको लागि होइन । रोगका कारण बोल्न वा हिँडडुल गर्न नसक्ने बिरामीका लागि यो मेसिन उपयोगी छ । इच्छामृत्युका लागि स्वीट्जरल्याण्ड जान खोजेका एक भारतीय बिरामी ‘मायाल्जिक इन्सेफालोमाइलाइटिस’बाट पीडित छन् । बिरामीको उमेर ४५ देखि ४९ वर्ष रहेको र उनले चिकित्सकको सहयोगमा मृत्युको मुखमा सुत्न चाहेको बताएका छन् ।साभार

Leave a Reply