सिमरा,लायन्स क्लबको आयोजनामा सिमराको थानीमाई वन उपभोक्ता समुहको वन क्षेत्रमा सोमवार वृक्षारोपण गरिएको छ ।
सिमरास्थित थानीमाई वन उपभोक्ता समितिको वन क्षेत्रभित्र वृक्षारोपण गरिएको हो । लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ जीतपुरसिमरा र लायन्स क्लब अफ अमलेखगंजको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा विभिन्न प्रजातिका एक सयभन्दा बढी विरुवा रोपिएको थियो ।
सामाज सेवामा सक्रिय लायन्स क्लबका तीन वटा क्लबले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा क्लबका डिष्ट्रिक गभर्नर अम्बरबहादुर श्रेष्ठ, प्रथम डिष्ट्रिक भाईस गभर्नर डिएन अग्रवाल, सचिव बालकुमार पाण्डे, कोषाध्यक्ष दिपिन श्रेष्ठ, डिक्ट्रिक चिफ एडभाईजर विनय बस्नेत, डिस्ट्रिक एक्युकिटिभ चिफ महेश पोखरेल, रामबिहारी पाण्डे, डिस्ट्रिक को–चिफ विश्वनाथ खनाल, एरिया २ चिफ बिकेशलाल श्रेष्ठ, एम्बेसडर अफ गभर्नर मुकुन्दबहादुर क्षेत्री, जोन चेयर पर्सन डम्मरमणी लिम्बु, चुडामणी खरेल, लायन्स क्लब अफ सिमरा युथका अध्यक्ष दिवाकर भण्डारी, अमलेखगंजका अध्यक्ष विनय साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य अमन लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय महासचिव समिक बडालसहित अनेरास्ववियुका केन्द्रीय र जिल्ला पदाधिकारी समेत सहभागी हुुनुभएको थियो । हेटौंडाको कार्यक्रममा सहभागी हुने क्रममा सिमरा विमानस्थल आउनु भएका बडाल सहित अनेरास्ववियुको टोलीले थानीमाई वन क्षेत्रमा पुगेर वृक्षरोपण गरेको थियो । टोलीमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवंम् लायन्स क्लब अफ सिमरा युथका प्रथम उपाध्यक्ष त्रिलोकविक्रम शाह, अनेरास्ववियुका केन्द्रीय सदस्य मनिष प्याकुरेल, राजकुमार न्यौपाने, जिल्ला अध्यक्ष सरोज खनाल, नगर अध्यक्ष ईश्वर बस्नेतसहित लायन्स क्लब अफ सिमरा युथका सचिव श्रीराम रेग्मी लगायतको सहभागिता रहेको थियो ।