सिमरा,बाराको सिमराबाट प्रहरीले एक सय पचास लिटर अबैध घरेलु मदिरा र एउटा अटोसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट गएको प्रहरी टोलीले वीरगन्जज पथलैया सडक खण्ड अन्तरर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ स्थित नेपाल केबुलको अगाडिबाट सो परिमाणको मदिरा र अटो सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मदिरा तस्कर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने ३१ वर्षिय कमला लामा र सोहि पालिका वडा नं. २१ बस्ने अटो चालक २८ वर्षिय सागर लामा रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमराका वरिष्ठ प्रहरी हवल्दारको नेतृत्वमा गएको प्रहरी टोलीले पथलैयाबाट सिमरातर्फ आउँदै गरेको ना.१.ह. ५१२१ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा उक्त अटोमा लुकाई छिपाई लैजाँदै गरेको अबैध घरेलु मदिरा ७ वटा प्लाष्टिकको बोरामा १५० लिटर फेला परेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभएको छ ।

मदिरा र अटो सहित पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बेवारिसे अवस्थामा कोल्हबीबाट सालको काठ बरामद

कोल्हबी,बाराको कोल्हबीबाट प्रहरीले बेवारिसे अवस्थामा सालको गोलाई काठ बरामद गरेको छ ।

प्रहरीले जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ८ स्थित नयाँबस्तीमा बेवारिसे अवस्थामा रहेको ४.५ क्यूफिट सालको गोलाई काठ बरामद गरेको हो ।

आइतवार राति करिब साँढे नौं बजेको समयमा प्रहरी चौकी मधुवनको प्रहरी टोली र सव डिभिजन वन कार्यालय बधुवनबाट गएको संयुक्त टोलीले ७ फिट लम्बाई भएको सो परिमाणको काठ खेतको झाडीमा बेवारिसे अवस्थामा बरामद गरेको थियो ।

अन्दाजी १५ हजार मूल्यांकन गरिएको उक्त काठलाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय बधुवनमा राखिएको सहायक नेपाली साहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here