बरियारपुर,ईलाका कार्यालय कोल्हबीले विभिन्न मितिमा बरामद गरेको १ सय २० लिटर अवैध मदिरा सोमबार नष्ट गरेको छ ।
प्रहरीको गस्ति टोलीले विभिन्न स्थानबाट बिक्री वितरण गरिरहेको अवस्थामा बरामद गरेको अवैध घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक संतोष दाहाले जानकारी दिनु भयो । प्रहरीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रहरी कर्मचारी र स्थानीय पत्रकारहरुको रोहबरमा ईप्रकाको भवन पछाडि खाल्टो खनेर नष्ट पारेको हो ।