जनकपुरधाम,प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र पनि प्रदेश सरकारमा सहभागी हुने सहमति बनेपछि मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गर्नुभएको हो ।

जसपाको महन्थ ठाकुर पक्षका १ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई पदमुक्त गरेपछि मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालयलाई टुक्र्याएर ११ वटा बनाएपछि बुधबार मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेर ११ वटा मन्त्रालयमध्ये ३ वटा मन्त्रालय नेपाली कांग्रेस र २ वटा माओवादी केन्द्रलाई दिने बताइएको थियो । विस्तार गरिएको मन्त्रालयमा पर्साबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा पनि मन्त्री बन्नुभएको छ । शर्मालाई ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । शर्मा नेपाली कांग्रेसको तर्फबाट सामानुपातिकमा प्रदेशसभा सदस्य हुनुुहुन्छ । सफल उद्योगी र व्यसायीसमेत रहेका शर्मा वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पनि रहिसक्नुभएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने जनाएको छ । वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिनुभयो । मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादीले सरकारमा सहभागी नहुने जनाएको हो ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराउनुभएको हो । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्यसमेत रहेका उहाँले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटा मात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताउनुभयो ।

आजै कांग्रेस र जसपाबीच सरकारमा जान दुईबुँदे सहमति भए पनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । कांग्रेससँगै माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराउने गरी सरकारले तयारी गरेको थिया े। यद्यपि अब कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीलाई पद तथा गोपनियताको सपथ मधेश भवनमा गराउन लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here