दिपेन्द्र जयसवाल
गंजभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा जारी प्रथम करैयामाई गोल्ड कप फुटबल प्रतियोगितामा मंगलवार भएको चौथौ दिनको खेलमा नेपाली सेनाको ज्वाला दल गण कलैया विजयी भएको छ ।आयोजक क्लब श्री नव जनप्रगगि युवा क्लब करैयामाई १÷० ले पराजित गर्दै ज्वाला दल गण कलैया विजयी भएको हो ।

उमजनस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा करैयामाई गाँउपालिको मुख्य सहयोग र श्री नव जनप्रगति युवा क्लब करैयामाई ७ को आयोजनमा भएको सो प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमिफाइनल खेलमा वीरगञ्ज सिटी र एपीएफ पिलुवा खेल्ने आयोजक क्लबका अध्यक्ष रुपनारायण प्रसाद यादवले जानकारी गराउनुभएको छ ।

Leave a Reply