नरेश गुप्ता

बरियारपुर,नेपाल मुस्लिम ईत्तेहाद संगठनको सहईन्चार्जमा बाराका महमद समीर नियुक्त हुनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी सद्स्य समेत रहनु भएका समिर नेपाल मुस्लिम ईतिहाद संगठनको सहईन्चार्जमा नियुक्त भएपछि उहाँका शुभचिन्तकहरुले बधाई ज्ञापन गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट सामुनपातिकतर्फबाट प्रदेश नम्बर २ मा प्रदेश सभासदमा समेत निर्वाचित हुनु भएका समिरले पार्टी विभाजनपछि नेकपा एमालेलाई रोजेपछि माओवादी पार्टीले कारबाही गरेर उहाँको संसद पद खारेज गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले उहाँलाई संगठनको जिम्मेवारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here