पुष्पराज खतिवडा

मनहर्वा,कलैया उपमहानगरपालिकाको सखुइमा टेक्टरले किचेर बिहीबार अढाई बर्षिय बालिकाको मृत्यु भएको छ । बिहीबार विहान ९ः३० बजे कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुईका रामाकान्त चौधरीकी अढाई बर्षिय छोरी दुर्गा चौधरीको मृत्यु भएको हो ।

स्थानीय रामानन्दप्रसाद यादवको ग १ त २१६३ नम्बरको टेक्टरले किचेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । टेक्टरमा चढेकी बालिका धान झार्ने क्रममा टेलरमा बसेर अघिपछि गर्दा भुँईमा झरेकी थिईन् । सोही क्रममा ईन्जिनको ठुलो चक्काले बालिकालाई किचेको हो । टेक्टरले किचेर गम्भीर घाईते भएकी बालिकाको उपचारको लागि वीरगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई किच्ने टेक्टर र चालक स्थानीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

अटोरिक्सा पल्टिदा शिशुको मृत्यु

नरेश गुप्ता

बरियारपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ टेलिकम कार्यालय नजिकै अटो रिक्सा पल्टिँँदा एकजना १३ दिने बालिकाको मृत्यु भएको छ । दुर्घटनामा थप २ जना घाइते बनेका छन ।

बुधबार बेलुकी ८ बजे विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको हो । उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पताल पु¥याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply