नरेश गुप्ता
बरियारपुर – सामाजिक कुरुती विरुद्ध बाराको महागढीमाईमा सडक नाटक देखाईएको छ । सामुदायिक  प्रहरी  सेवा केन्द्र बाराको आयोजनामा  गढीमाई मन्दिर स्थित बाल बिवाह , बहु बिवाह , दाइजो प्रथा  विरुद्ध सडक नाटक देखाईएको हो ।  बाल बिवाह , दाइजो विरुद्ध  , बहु बिवाह , महिला हिंसा विरुद्ध सामाजिक रुपमा जनचेतना जगाउने उदेश्यले सडक नाटक देखाईएको हो ।
बाराको प्रमुख जिल्ला  अधिकारी फणीन्द्र  मणि पोख्रेलले बाल बिवाह , दाइजो प्रथा विरुद्धमा स्थानिय तह सामुदायिक प्रहरी  सेवा केन्द्र , महिला अधिकारकर्मी सबै चनाखो हुनु पर्ने बताउनु भयो । प्रमुख अतिथी पोख्रेलले संघियता आएपछी बाल बिवाह , दाइजो प्रथा विरुद्ध एन कानुन केन्द्रित भएकोले  सबैले सजग हुनु पर्ने वहाले बताउनु भयो ।
सामुदायिक  प्रहरी  सेवा केन्द्रले बाराको सबै स्थानिय तहमा अभियान कै रुपमा बाल बिवाह , बहु बिवाह , दाइजो प्रथा विरुद्ध कार्यक्रममा संचालन  गर्दै आएको र कार्यक्रम पनि बारामा प्रभावकारी  बन्दै गएको वहाले बताए ।
बाराको प्रहरी  प्रमुख बिकास राज खनालको अध्यक्षतामा समपन कार्यक्रममा  महागढीमाई नगर प्रमुख उपेन्द्र  प्रसाद यादव , उप प्रमुख तारा देबि कानु , सशस्त्र प्रहरी उपरीक्षक  दिग बिजय सुवेदी , सामुदायिक  प्रहरी  सेवा केन्द्रको महमद सागिर लगायत निजि तथा सामुदायिक  बिधालयको छात्र छात्राहरुको सहभागिता रहेको थियो ।
सडक नाटकमा  गायक सुनिल पंडित लगायत अन्य कलाकारहरुले बाल बिवाह , दाइजो प्रथा विरुद्ध  सडक नाटक तथा सांगेतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य  बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रको र संचालन  प्रहरी  निरीक्षक  ओमप्रकाश यादवले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here