रौतहट,कोरोना भाइरस (कोविड १९) को दोश्रो लहरको संक्रमण समुदाय स्तरमै फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा प्रशासनले बैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्मका निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्‍चालनको अनुमति दिएको छ । होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो । रौतहटमा समुदाय स्तरमै २१५ जनामा संक्रमण पुष्टि भएको छ । बिहिवार मात्रै ३६ नयाँ संक्रमित थपिएका थिए । संक्रमणका कारण रौतहटका १० जनाको ज्यान गएको छ । रौतहटमा सबैभन्दा बढी चन्द्रपुरमा ५५ र गौरमा ५४ जना संक्रमित रहेका छन् । यसैबीच सर्लाहीमा भने शनिबार गते मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मलंगवामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । सर्लाहीमा शुक्रबार बिहानसम्म कोरोना संक्रमित संख्या २४३ पुगेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । जिल्लामा संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here