मनहर्वा,बरियारपुर,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दामोदर जैसवालको निधन भएको छ । ४५ वर्षका वडा अध्यक्ष जैसवालको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि वडा अध्यक्ष जयसवाललाई गत साउन १९ गते वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएकोमा त्यहाँबाट थप उपचारका लागि साउन २० गते काठमाण्डौको मेडिसिटी अस्पतालमा लगिएको थियो ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जैसवाल नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । यसैबीच वडा अध्यक्ष जयसवालको निधन भएको शोकमा सिम्रौनगढ नगरपालिकाको कार्यालय र वडा कार्यलयहरुमा मंगलबार सार्वजनिक विदा दिइएको छ । वडा अध्यक्ष जयसवालको निधनको शोकमा नगरपालिकाको कार्यालय र त्यस मातहत रहेका सबै कार्यालयहरु मंगलबार बन्द रहेका थिए ।

 

Leave a Reply