नरेश गुप्ताबरियारपुर,कर्तव्य ज्यान मुद्दामा ३३ वर्षदेखि फरार अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको मिति २०५४ पुस ४ गतेको फैसला आदेशले ९ महिना कैद सजाय तोकिएका प्रसौनी गाउँपालिका ५ निवासी जग साह तेलीलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले अभियुक्त साहलाई बैशाख १३ गते पक्राउ गरी बारा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशपछि साहलाई हाल वीरगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।