हेटौंडा –  मकवानपुरको विभीन्न स्थानबाट वरामद गरिएको घरेलु मदिरा आज प्रहरीले नष्ट गरेको छ । सरकारले गरेको लकडाउनको समयमा समेत गाउँबाट हेटौंडा वजार सम्म ल्याइएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको हो ।

 

 

 

 

विभीन्न स्थानबाट वरामद गरिएको एक सय ८० लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।  यसैबीच मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ बाट तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । लकडाउनको समयमा जम्मा भएर तास खेलिरहेको अवस्थाम उनीहरुलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हेटौँडा ८ मैदा टोलमा उनीहरुलाई २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो।

Leave a Reply