पुष्पराज खतिवडा
मनहर्वा,जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ६ मुसहर्नाकी कोरैसा खातुनको घरका आइतवार बिहान भएको आगलागीमा पीडित परिवारलाई जनजागरण युवा क्लब (जेजेवाईसी) बाराले राहत प्रदान गरेको छ ।पीडित परिवारलाई ईस्लामिक रिलिफ नेपाल र ईस्लामिक रिलिफ क्यानडाको सहयोगमा जेजेवाईसी बाराव्दारा संचालित सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत आवश्यकतामा आधारित सहयोग स्वरुप १५ हजार रुपैंया बराबरको खाद्यान्न सहितका अत्यावश्यक सामान प्रदान गरेको हो ।

क्लबका सचिव राजदेव साहले कोरैसाको परिवारमा सो राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले आगलागीमा परेर नष्ट भएको घर निर्माणका लागि स्थानीय पालिकामार्फत केन्द्र सरकारले प्रदान गर्ने २ लाख रुपैंयाको सहयोग उपलब्ध गराउनको लागि समेत पहल गर्ने बताउनुभयो ।विपत्तिमा संस्थाबाट करिब एक महिनालाई पुग्ने खाध्यान्न सामाग्री सहयोग पाउँदा कोरैसाले खुशी व्यक्त गर्नुभयो । आगलागीमा परि उहाँको घरमा भएको अन्न, लत्ताकपडा र नगद दश हजार रुपैंया समेत जलेर नष्ट भएको थियो । कोरैसाको काखमा तीन महिनाको दुधे बालक छ ।
एउटा ३ र अर्को ५ वर्षका गरी अन्य दुई छोरा पनि छन् । भारतमा कमाउन भनी गएका पती चार महिनादेखि सम्पर्कमा नआएको र उहाँ छोराहरुसहित सासु ससुरासँगै बस्दै आउनुभएको छ ।घटनाको दिन मुस्लिम समुदायले मनाउने सोवरात पर्व पनि थियो । सो दिनमा हो विभिन्न स्वादिष्ट परिकार बनाएर खाने र भोलिपल्ट दिनभर रोजा बस्ने मुस्लिम समुदायमा चलन छ ।
















