निजगढ,नेपाली काग्रेश निजगढको आजको लागि तय भएको नगर अधिवेशन फेरि पनि स्थगित भएको छ । अधिवेशनको सबै तयारी पुरा भएर पनि मंगलबारको लागि निर्धारण गरिएको अधिवेशन स्थगित भएको कांग्रेश निजगढ नगर सभापती महेशी कुवरले जानकारी दिनुभयो ।

कांग्रेश जिल्ला कार्यसमितिका सभापती जयचन्द्र चौरसियाले सोमबार दिउसो दिएको निर्देशनअनुरुप मंगलबारको लागि तोकिएको नगर अधिवेशन स्थगित भएको कुवरले बताउनुभयो ।

नगर कार्य समितिको नेतृत्वको लागि सहमति नभएपछि निजगढमा दुई प्यानलबीच मतदानको तयारी भएको थियो । चुनावमा संस्थापन र स्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव प्रचार गर्दै आएका छन ।

 

संस्थापन पक्षले हालका सभापति महेशी कुवरलाई पुन सभापतिको उम्मेदवार बनाएको छ भने संस्थापन इतर पक्षबाट नवराज तिमल्सिनाले उम्मेदवारी दिनुभएको छ । कुवरको प्यानलबाट उपसभापतीमा ज्ञानेन्द्र चौलागाई र सूर्य घलान, सचिवमा बद्री चिमोरिया र गोविन्द न्यौपाने, सहसचिवमा गोपालकाजी श्रेष्ठ र हस्तबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । अर्को पक्षले नवराज तिमल्सिनाको नेतृत्वमा उपसभापतीमा ज्ञानबहादुर गोले, रामकृष्ण सिग्देल, सचिवमा मधु तिमल्सिना, अम्बिर सिंतान र सहसचिवमा सोपिला गुरुङ्गलार्य चुनावमा उचारेको छ । वडा अधिवेशनमा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेशभित्र संस्थापन र संस्थापन इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । कुवँर नेतृत्वको प्यानललाई काग्रेश नेता शम्भुबहादुर बुढाथोकीको समर्थन छ भने तिमल्सिनाको प्यानललाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन छ । मेयर खनाल भने वडा नम्बर ९ बाट यसअघि नै क्षेत्रीय प्रतिनिधिमा पराजित भइसक्नु भएको छ ।

 

यसैबीच क्षेत्रीय प्रतिनिधि सुशिल खनालले पनि सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । खनालले सोमबार सामाजिक संजाल फेसबुकमार्फत नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । निजगढ कांग्रेशलाई गुटउपगुटबाट मुक्त बनाएर अगाडि बढाउन आफुले पनि उम्मेदवारी घोषणा गरेको खनालले बताउनुभएको छ । अधिवेशनबाट नगर कार्यसमितिमा आगामी कार्यकालको लागि १ जना सभापती, २÷२ जना उपसभापती, सचिव र सहसचिवसहित ५१ सदस्यीय कार्य समति चयन हुने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here