नरेश गुप्ता

बरियारपुर,बारामा अबैध लागुऔषध ईन्जेकसन सहित दुईजना पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित वीरगन्ज–पथलैया सडक खण्डमा वीरगन्जबाट काठमाण्डौ जानको लागि आएको ना.६ ख ६३७७ नम्बर को यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा डस्नाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध ईन्जेकसन बरामद गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले भारत बिहार पुर्बी चम्पारण मोतिहारी सिसुवा बस्ने बर्ष २९ को मुन्ना कुमार र सोही ठाउँ बस्ने वर्ष ३५ को मुनिलाल कुमारलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजेपाम ६ सय थान लागुऔषध फेनारगन ६ सय थान लागुऔषध नुफिम ६ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । पक्राउ परेको दुबैजनामाथि थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here