वीरगञ्ज यसैपनि बद्नाम छ । यहाँ राजश्व छलीका धेरै गतिविधिहरु हुन्छन् भन्ने आरोप लाग्ने गर्दछ । वास्तवमा कहिले काँही देशका अन्य ठाउँका कुरा पनि आउने गर्दछन् । तर, बद्नाम भने वीरगञ्ज नै हुने गर्दछ । वीरगञ्जमा राम्रोसँग व्यापार व्यवसाय संचालन गर्ने उद्योगी व्यवसायी पनि छन्, जसले राज्यलाई कर तिरिरहेका छन् । सबै व्यापारी खराब भएको जसरी बेला बेलामा प्रहरी प्रशासनबाट वीरगञ्जमा छापामारी गर्ने गरिन्छ यो पनि जायज नहोला ।
फेरि सरकारको तर्फबाट हेर्ने हो भने राजश्व त चुहावट भएकै छ भन्ने पनि होला । किनभने यस्तै केही गतिविधिले सरकारको शंकालाई समेत पुष्टि गर्दछ । व्यावसाय गरेर सरकारलाई राजश्व बुझाउने व्यवसायीका सवालमा सरकार कठोर बनेको पनि छैन र बन्ने कुरा पनि आउदैन तर केही व्यवसायीका कारण भने वीरगञ्ज बद्नाम पनि छ र यहाँ यस्ता गतिविधि होलान् कि भन्ने आशंका उत्पन्न गर्ने ठाउँ पनि देखिएको छ । सोमबार वीरगञ्जमा यस्तै भयो । अब मदन गुप्ताले राम्रोसँग व्यवसाय गरेको भए किन प्रहरी त्यहाँ पुग्दो होला र ? ल, मानौं गुप्ताले गरेको व्यवसाय ठीक भए प्रहरीमाथि आक्रमण पनि किन गर्नु पर्दथ्यो र प्रश्न यसरी उब्जिएको छ । ‘दालमा कुच काला है’ भनेको जस्तो त होइन भन्ने पनि वीरगञ्जमा देखिएको छ ।
सोमबारको घटनाले यो प्रश्न उब्जाएको हुनाले अब यो विषयमा छानबिन भएर सत्य कुरा आम नागरिकमाझ आउन आवश्यक छ र व्यापारीहरुले पनि यसमा सहयोग गर्दा नै उचित हुनेछ । तस्करी भए नभएको विषयमा स्पष्ट कुरा चैं आउनु पर्दछ ।

Leave a Reply