निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीको दोस्रो पूर्ण कमिटी बैठक शनीवार सम्पन्न भएको छ । बैठकले पार्टी संगठन सुदृढीकरण, विभागीय संरचना तथा जनसंगठनहरूमा नेतृत्व चयन गर्ने लगायतका निर्णयहरू गरेको अध्यक्ष तिलक घलानले जानकारी दिनुभयो ।बैठकले यमबहादुर खड्का, शोभा राउत, दिपककुमार श्रेष्ठ, बुद्धिलाल तितुङ, शुक्रराम जिम्बा, विरेन्द्र महतो र आशा चौलागाईलाई सर्वसम्मत रूपमा नगर कमिटी सदस्यमा मनोनित गरेको छ ।

बैठकले नगर कमिटीका ५ जना पदाधिकारीसहित २१ सदस्यीय नगर सचिवालय कमिटी गठन गरेको छ ।
सचिवालय कमिटीमा अध्यक्ष तिलक घलान, उपाध्यक्ष सम्झना थापा, सचिव थानेश्वर सापकोटा, उपसचिव पुरुषोत्तम भट्टराई र जगतकुमारी न्यौपाने तथा सचिवालय सदस्यमा सुदिप तिमल्सिना, राकेश लामा, यमबहादुर खड्का, शोभा राउत, हिरामाया लाभा, पदमबहादुर भुजेल, शुक्राम जिम्बा, कैलाश धामी, हिरालक्ष्मी लामा, दिपक श्रेष्ठ, रमा केसी, मगलबहादुर रुम्वा, वीरसिहं थिङ, सन्तबहादुर सुनार, रामकुमार सिजाली र नारायणी देवी सापकोटा चयन भएका छन ।

त्यस्तै बैठकले पार्टीका विभिन्न विभाग तथा जनसंगठनहरूको इन्चार्जहरु पनि तोकेको छ । जसअनुसार स्कुल विभागमा अध्यक्ष तिलक घलान, संगठन विभागमा सचिव थानेश्वर सापकोटा, आर्थिक विभागमा सहसचिव पुरुषोत्तम भट्टराई, सहकारी विभागमा शोभा राउत, प्रचार विभागमा सुदिप तिमल्सिना, खानेपानीमा केदार गौतम, सिँचाइमा टेकबहादुर लामाले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै शिक्षा विभागमा सहसचिव जगतकुमारी न्यौपाने, वन तथा वातावरण विभागमा सहसचिव भट्टराई, स्थानीय प्रशासन समन्वय संयन्त्रमा अध्यक्ष घलान, जनसंगठन समन्वय संयन्त्रमा सचिव सापकोटा, युवा संघमा शुक्राम जिम्बा, महिला संघमा उपाध्यक्ष सम्झना थापालाई जिम्मा दिइएको छ ।

त्यसैगरी अनेरास्ववियुमा घनश्याम तिमल्सिना, आदिवासी जनजाति महासंघमा रामकुमार सिजाली, किसान संघमा प्रकाशप्रसाद सापकोटा, मुक्ति समाजमा भीमबहादुर नेपाली, खेलकुद महासंघमा दिपक श्रेष्ठ, रिटर्नी फेडेरेसनमा गोकुल न्यौपाने, उद्योग व्यवसाय महासंघमा गोरख खड्का, स्वास्थ्यकर्मी महासंघमा कैलाश धामी इन्चार्ज बन्नुभएको छ ।

बुद्धिजीवी परिषदको इन्चार्जमा भने यमबहादुर खड्का, भूमिअधिकार तथा श्रमिक संगठनमा सन्तबहादुर सुनार, भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा मनोज सापकोटा, पेशागत महासंघमा चन्दन चौधरी, पिछडावर्ग संगठनमा पदमबहादुर भुजेल, ट्रेड युनियन महासंघमा लिलाहरी चौलागाई, जनसांस्कृतिक महासंघमा नारायणी सापकोटा, अपाङ्गता संगठनमा राजकुमार फुयाल र मुस्लिम इत्तेहाद संगठनमा विरेन्द्र महतोलाई जिम्मेवारी तोकिएको छ ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य तथा निजगढ नगर इन्चार्ज लिलादेवी लामिछाने, प्रदेश कमिटी सदस्यहरू सुर्दशन प्रसाद कोइराला, दुर्गाकुमारी घिमिरे कोइराला, अम्बिका चौलागाई, अञ्जु नेपाली, जिल्ला कमिटी सदस्य तथा बारा जिल्ला समन्वय समितिकी उपाध्यक्ष चण्डिका उप्रेती, लक्ष्मी गौतम, दुर्गा गौतम, जनजाति महासंघका केन्द्रीय सदस्य दिलबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply