कलैया,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ बाराले आज जिल्ला प्रहरी कार्यालय बारामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
जाहेरीमा मेयर बालेन र गुरुङलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट तथा सरकारी संरचनामाथिको विध्वंसका लागि जिम्मेवार ठह¥याउदै कारबाहीको माग गरिएको छ।उजुरी दर्ता गर्नुअघि युवा सङ्घ बाराले नेकपा एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भई मोटरसाइकल ¥याली निकालेर शक्ति प्रदर्शन गरेको थियो। संघका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा नेकपा पार्टी कार्यालयबाट मोटरसाइकल ¥याली गर्दै गएका युवाहरुले जिल्ला प्रहरी कार्यालय पुगेर जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएका थिए।
¥यालीमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज राम यादव, केन्द्रीय सचिवालय सदस्य भावना आचार्य लगायतका जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय युवा संघ नेपालले मधेश प्रदेशका ८ वटै जिल्लामा शक्ति प्रदर्शन गरेको युवा संघका मधेश प्रदेशका सहइन्चार्ज तथा युवा नेता राम यादवले बताउनुभयो ।















