नेपालमा सामान्यतया हरेक वर्ष जेठ महिनाको मानौं न अन्त्यतिर मनसुन भित्रने गर्दछ अनि असोजको लगभग अन्त्यतिर बाहिरने गर्दछ ।यो अवधिमा मनसुनले बितण्डा नै मच्चाउने गरेको छ । पछिल्लो केही वर्षदेखि त यो नियमित जस्तै बनेको छ । अघिल्लो बर्ष असोजमा नै आएको मनसुनले ठूलो मानवीय क्षति गरेको थियो । भौतिक क्षति यसैपनि भयो यसपाली पनि ठूलो क्षति गरेको छ । करिब करिब अघिल्लो वर्षको जस्तै क्षति यसपाली पनि भएको छ । यो दुई बर्षमा मनसुनका कारण ठूलो जनधनको क्षति भएको छ ।

यसपाली सरकारले केही हदसम्म क्षति कम गर्ने प्रयास गरेको देखिएको हो । विशेषतः मनसुन सकृय हुन लागेपछि सर्तक रहन सरकारी स्तरबाट अधिकत् प्रयास भएका हुन् । नागरिकहरुले पनि सरकारी सुझाव पालना गरेको पनि देखिएको हो तरपनि क्षति चैं भयो नै । अघिल्लो वर्ष र यस बर्ष सरकारमा रहेकाहरु फरक भएपनि प्रकृतिले सरकारले हेर्ने कुरा भएन तर सरकारी स्तरबाट केही प्रयास भएकाले क्षति कम भएको एकथरीको बुझाइ पनि छ ।

यसमा सत्यता भएपनि अझै अपेक्षाकृत क्षति न्यूनीकरणमा सफलता मिलेको देखिदैन । यो वर्षपनि विपद्का कारण ५० जना नेपालीहरुको त जे भएपनि ज्यान गएको छ । ५० जनाको संख्या कम भन्न सकिन्न । क्षति नै नहुन पर्नेमा यो संख्या पनि ठूलो हो ।त्यसैले अहिले सरकारले गरेको तयारीका अधारमा भएको क्षति ठूलो हो तर सरकार जिम्मेवार भयो होला त्यो चैं फेरि सकारात्मक कुरा हो । मौसमले हरेक वर्ष नेपालमा क्षति गर्ने गरेको छ अब यस्तो क्षति न्यूनिकरणका लागि बेलैमा तयारी र नीति बनाउन आवश्यक छ यो कुनैपनि सरकारले गरेको देखिएको छैन ।

 

Leave a Reply