कलैया,बाराको प्रसौनी गाउँपालिका–२ मा रहेको दुधौरा खोलामा टिकटक भिडियो बनाउने क्रममा हाम फालेर बेपत्ता भएका २१ वर्षीय युवक बिक्की गोस्वामीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।सुरक्षाकर्मी खोजी तथा उद्धार टोलीले २ दिनदेखि गर्दैआएको खोजतलासका बाबजुद गोस्वामीको अवस्था पत्ता लाग्न नसकेको हो । आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा साढे ८ बजे दुधौरा पुलबाट खोलामा हाम फालेपछि बेपत्ता बनेका बिक्कीको अवस्था सोमवार साँझसम्म पनि पत्ता नलागेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उनको साथमा रहेका अर्का युवक २० वर्षीय अनुराग केसरवानी पौडेर सुरक्षित बाहिर निस्कन सफल भएपनि बिक्कीलाई बाढीले बगाएको थियो ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा संलग्न रहदैआएको छ ।
यसैबीच हिजो बिहानदेखि नेपाल प्रहरीका १० जना, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका २३ जना गरी ४३ जनाको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा खोजी कार्य तीव्र पारिदैआइएको छ । वर्षातका कारण खोलामा पानीको बहाव तीव्र भएकाले गोताखोरको सहयोगमा खोजी कार्यलाई प्रभावकारी बनाइएको अर्यालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले खोलाको बाढी र तीव्र बहावका कारण उद्धार कार्यमा कठिनाइ भए पनि खोजी कार्य निरन्तर जारी रहेको बताउनुभयो । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोलाको आसपासका क्षेत्रमा तीव्र खोजबिन गरिरहेको छ ।प्रहरीले स्थानीय तहसँग समन्वय गरी खोजी कार्यलाई थप सशक्त बनाउने तयारी गरिरहेको जनाएको छ ।
फोटो पनि छ ।
बाढीले बगाउँदा रौतहटमाएक बालकको मृत्यु, दुई बालिका बेपत्ता
रौतहट, रौतहटमा बाढीले बगाउँदा एक बालकको ज्यान गएको छ भने दुई बालिका बेपत्ता भएका छन् ।
राजपुर नगरपालिका–८ बलुवा गोठ टोलमा आएको लाल बकैया नदीमा नुहाउने क्रममा बगाउँदा १० वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मृत्यु हुनेमा राजपुर–८ बलुवा गोठ टोल बस्ने गोनवर मियाको छोरा अरबाज मिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
अरबाज मिया नुहाउने क्रममा बेपत्ता भएको र तत्का नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरेका थिए । बालकलाई फेला पारेपछि उपचारको लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरहदवामा लगेपछि मृत घोषणा गरिएको थियो ।
यस्तै सोमबार नै देवाही गोनाही–६ कर्कच टोलमा खेतमा झोराको पानी बग्ने ठाउँमा नुहाउने क्रममा दुई जना बालिका हराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।प्रहरीकाअनुसार पानीमा डुबर देवाही गोनाही–६ कर्कच टोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामको ११ वर्षीया छोरी अन्तिमा कुमारी रहेको छ ।

















