बिदुर खडका
डुमरवाना,बाराको डुमरबानामा स्क्रायबल क्लब बाराको आयोजना र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाको संयोजनमा पाँचौं जिल्ला स्तरीय स्क्रायबल च्याम्पियन प्रतियोगिता– २०२५ सम्पन्न भएको छ ।
कार्यक्रमका वक्ताहरुले स्क्रायबल खेलले विद्यार्थीको बुद्धिमा वृद्धि भई पढाइ र सिकाइ दुबैलाई अघि बढाएको उल्लेख गरेका थिए । प्रतियोगितामा जीतपुरसिमराका २ सामुदायिकसहित र १६ वटा विद्यालयका ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संस्थागत विद्यालयहरुको हक हितलाई मध्यनजर गर्दै उपमहानगरपालिका सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रतियोगिताको समापन कार्यक्रममा उपप्रमुख भोला अधिकारीले विजयी विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
उहाँले उपमहानगरपालिकाको बजेट निर्माण चरणमा रहेको समयमा प्रतियोगिता वा आवश्यक गतिविधिका लागि ८० प्रतिशत उपमहानगरपालिकाले र २० प्रतिशत आयोजक संस्थाले व्यहोर्ने गरी रकम छुट्याउने व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल किशोरबाबु श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply