पुष्पराज खतिवडा
बारा ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ निवासी नारायण क्षेत्री अस्तित्वको खोजी नामक निबन्ध सङग्रहको शनीवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।डुमरवाना क्याम्पसको सभाकक्षमा क्षेत्रीको निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा बारा जिल्लाका नाम चलेका साहित्कार, लेखक, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा क्षेत्रीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का गीतकार, चरनाकार एवं कवि कृष्ण सिम्खडा र अर्का शिक्षासेवी स्रष्टा फुलेना चौधरीलाई सम्मान गर्नुभएको थियो । आफुलाई लामो समयदेखि राजनीतिक क्षेत्रमा समर्पित गर्दैआउनुभएका क्षेत्रीको कृतिमा जीवनउपयोगी श्रृजनात्मक, भोगाइ, देखाइ र चिन्तनका १५ वटा निवन्ध समेटिएका छन् ।
क्षेत्रीको निबन्ध संग्रह नेपाली साहित्यमा एउटा नयाँ कृतिको रुपमा थप थपिएको कार्यक्रममा सहभागी सर्जकहरुले सुनाए । पुस्तकको सर्जकहरु सुनिल कुमार, राजु अधिकारी र रामप्रसाद अधिकारीले समीक्षा गरेका थिए ।
क्षेत्रीको निबन्ध संग्रहको नेपाली मुल्य रुपैया ४ सय मात्र तोकिएको छ । उक्त संग्रहमा निबन्धकार क्षेत्रीकी जेठी छोरी आस्मा बस्नेत प्रकाशक रहनुभएको छ । उहाँ विगत सात वर्ष अघिबाट ब्रिसवेन, अष्ट्रेलियामा बस्दैआउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने सहित साहित्यकारहरु जंगबहादुर यादव, रामप्रसाद साह, सुनिल कुमार, भीम खकुरेल, एमडिआई हुसेन, प्रदिप धनन्जय लगायत सहभागी थिए ।
यस्तै सिटिईभिटीका पूर्व निर्देशक एवं समाजसेवी रामधारी यादव, पत्रकार गणेश रिजाल, महेश्वर अधिकारी, विदुर खड्का , पवनसिंह समेत कार्यक्रमा सहभागी थिए ।नवप्रज्ञापन साहित्यिक पत्रिका प्रकाशक साहित्यकार नवराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी एवं प्राध्यापक रामकृष्ण सुवेदीको संचालनमा सम्पन्न भएको हो ।